• २०८३ जेष्ठ १० गते आइतवार

ढुंगा लागेर बझाङमा एक वृद्धाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २२, बझाङ। बझाङको जयपृथ्वी राजमार्गअन्तर्गत पर्ने केदारस्युँ गाउँपालिका–१ स्थिति रायलमा माथिबाट आएको ढुंगा लागेर एक वृद्धाको घटनास्थलमै ज्यान गएको छ । बुधबार केदारस्युँ गाउँपालिका-१ रायल चौडाला घर भएकी ७० वर्षीया पुतलीदेवी मल्लको मृत्यु भएको प्रहरीको भनाइ छ ।

 

रायल पाल्तीछडा सडकमा हिँडिरहेको अवस्थामा माथिबाट आएको ढुंगो लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी ज्ञानबहादुर बिष्टले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस