बैशाख २३, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रेनु दाहाल आफ्नो प्रस्तावमा भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवार बनेको बताएका छन् ।

आज काठमाडौंमा आयोजित चुनावी सभामा उनले मााओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छोरी भएका कारण नउठाउने भने पनि राम्रो काम गरेकाले आफूले उठाउनुपर्ने बताएको बताए ।
उनले भने, उहाँ छोरीलाई नि छोड्न तयार हुनुहुन्थ्यो, मैले राम्रो काम गरेकी छन् रेनुले उठाउनुपर्छ भनेँ, “राम्रो काम गरेकी छिन् । रेनु दाहालले कसको घरमा जन्मिनु भनेको त आफ्नो हातको कुरा हुँदैन नि । प्रचण्डजीको छोरी भएर जन्मिनु अपराध भएन नि ।”