• २०८३ साउन २९ गते शुक्रवार

चीनको एक कारखानामा आगो लाग्दा १९ जनाको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

असोज १३, चीन । चीनको झेजिआङ्ग प्रान्तको निङ्गबो शहरम अवस्थित एक कारखानामा भएको आगलागीमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ ।

दैनिक आवश्यकताको सामाग्री उत्पादन हुने यस कारखानामा स्थानीय समयानुसार आइतबार मध्यराती १:२० मा आगलागी शुरु भएको बताइएको छ ।

स्थानीय समयानुसार सोमबार बिहान ६ बजे आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या १९ पुगेको प्रहरीले जनाएको छ ।

यस दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस