फागुन २२, काठमाडौं । वरिष्ठ वामपन्थी नेता कृष्णराज बर्माको निधनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुख व्यक्त गर्नु भएको छ । उहाँले वरिष्ठ वामपन्थी नेता कृष्णराज बर्माको निधनको खबरले आफुलाई दुखित तुल्याएको बताउदै दिवंगत नेता बर्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवाजनप्रति गहिरो समवेदना व्यक्त गर्नु भएको छ ।
उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ : वरिष्ठ वामपन्थी नेता कमरेड कृष्णराज बर्माको निधनको खबरले मलाई दुखित तुल्याएको छ । दिवंगत नेता बर्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवाजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु। नेपालको कम्युनिस्ट आन्दोलनमा उहाँको योगदान अविस्मरणीय रहने छ ।
