• २०८३ जेष्ठ २९ गते शुक्रवार

वामपन्थी नेता कृष्णराज बर्माको निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २२, काठमाडौं । वामपन्थी नेता कृष्णराज बर्माको निधन भएको छ । ९३ वर्षको उमेरमा बर्माको आइतबार साँज उपचारको क्रममा निधन भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि बर्मालाई ओम अस्पताल भर्ना गरिएको थियो । त्यहाँबाट उनलाई बुधबार ह्याम्स अस्पताल लगिएको थियो । उनको छातीमा इन्फेक्सन भएको थियो ।

उनी २००७ सालको राणा विरोधी आन्दोलनमा सामेल भएका थिए। उनकै नेतृत्वमा वाम घटकहरू २०४६ सालको जनआन्दोलनमा सहभागी भएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस