फागुन २२, काठमाडौं। प्रतिनिधिसभा संसदको बैठकको विषय छलफल एवम् व्यवस्थापनका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनुभएको कार्य व्यवस्थाको बैठक नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमा बसिरहेको सभामुख सापकोटाको प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताउनुभयो । संसदको बैठक दिउँसो १ बजे तय भएको छ । यसअघि समितिको बैठक बसेको हो ।