• २०८३ जेष्ठ ८ गते शुक्रवार

युक्रेनलाई थप रकम सहयोग गर्न अमेरिकी कंग्रेससँग बाइडेनको माग

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २२,काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई थप रकम उपलब्ध गराउन आफ्नो प्रशासनले कांग्रेससँग मिलेर काम गरिरहेको बताएका छन् । राष्ट्रपति बाइडेनले शनिबार युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको फोन वार्तामा यी कुरा बताएका हुन् ।

उनले युक्रेनलाई अमेरिकी समर्थन दोहोर्‍याउँदै र देशका जनता र सेनाको साहसको प्रशंसा गरे। ह्वाइट हाउसको विज्ञप्तिमा राष्ट्रपति जेलेन्स्कीको युक्रेनलाई नो-फ्लाई जोन बनाउने माग उल्लेख गरिएको छैन। अमेरिका र अन्य नेटो सदस्यहरूले युक्रेनको यो माग अस्वीकार गरेका छन्।

उनीहरूलाई डर छ कि उडान नो(फ्लाइ जोन बनाउँदा युद्ध बढ्न सक्छ। नेटो देशहरू पनि यो युद्धको चपेटा आउन सक्ने अमेरिकाको चिन्ता छ । यसको सट्टा, पश्चिमी देशहरूले रुस र यसका केही ठूला व्यापारीहरूमाथि कडा आर्थिक प्रतिबन्ध लगाउने बाटो अपनाएका छन्। पश्चिमी देशहरूले युक्रेनलाई सैन्य, चिकित्सा र मानवीय सहायता प्रदान गरिरहेका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस