• २०८३ मङ्सिर ९ गते मङ्गलवार

राष्ट्रपति–प्रधानमन्त्री भेटवार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २२, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बिहीबार साँझ भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीसँगको शिष्टाचार भेटका लागि प्रधानमन्त्री देउवा राष्ट्रपति कार्यालय शीतल निवास पुग्नुभएको थियो ।

नियमित भनिएको यस भेटमा समसामयिक विषयमा कुराकानी भएको थियो । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले उक्त भेटका क्रममा बढ्दो कोरोना महामारीका विषयमा कुराकानी भएको जानकारी दिनुभयो । उहाँका अनुसार सो भेटमा राष्ट्रपति भण्डारीले नेपालमा पछिल्लो समयमा कोरोना भाइरसको सङ्क्रमण एवं कोरोनाविरुद्धको खोप उपलब्धताको अवस्थाका बारेमा जानकारी लिनुभएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस