पौष २२, महोत्तरी । गाँजा बेचबिखन आरोपमा प्रहरीले महोत्तरीबाट चारजनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय गौशालाको टोलीले गौशाला नगरपालिका-४ रजखोर बस्ने ७० बर्षीय रामचन्द्र साह र उनका २१ बर्षीय नाति रोहित साह, सोही वडाका ५३ वर्षीय उपेन्द्र साह र उनका १९ वर्षीय छोरा विवेक साहलाई बुधबार राति पक्राउ गरेको हो ।