• २०८३ बैशाख २८ गते सोमवार

मन्त्री पौडेलद्वारा २४ घन्टाभित्र शुल्कबारे रिपोर्ट दिन केएमसीलाई निर्देशन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २२,काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल काठमाडौं मेडिकल कलेजमा पुगेका छन् । कलेजले अतिरिक्त शुल्क लिएको विद्यार्थीहरूले उजुरी र गुनासो गरेपछि बुझ्न मन्त्री पौडेल आज भक्तपुरस्थित मेडिकल कलेज पुगेका हुन् ।

मन्त्री पौडेलले कलेज प्रशासन, विद्यार्थी र जिल्ला प्रशासन कार्यालय भक्तपुरबीच छलफल गरेर कलेजले लिइरहेको शुल्कबारे भोलिसम्म रिपोर्ट पेश गर्न निर्देशन पनि दिएका छन् ।

विद्यार्थीहरूले कलेजले होस्टेल शुल्क पनि बढी लिएको गुनासो गरेका छन् । कलेजले अतिरिक्त शुल्क लिएको विरोधमा अखिल क्रान्तिकारी, नेविसंघ तथा अभिभावकहरूले विरोध गरिरहेका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस