• २०८३ बैशाख २८ गते सोमवार

बार्सिलोना इन्टर मिलानसँग पराजित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १९, काठमाडौं । काठमाडौं। युरोपीयन च्याम्पियन्स लीग फूटबल प्रतियोगितामा बार्सिलोना इन्टर मिलानसँग पराजित भएको छ ।गएराति भएको खेलमा घरेलु टोली इन्टर १-० ले विजयी भयो । उसको जीतमा टर्किस प्लेयर हकान चाल्हानोलुले गोल गरे ।

बार्सिलोनाका लागि पेड्रीले ६७ औं मिनेटमा बललाई जाली चुमाए पनि भारले उक्त गोललाई अस्वीकृत गरिदियो ।

यो नतिजासँगै बार्सिलोना ग्रुप अफ डेथ मानिएको समूह सीको तेस्रो स्थानमा झरेको छ । समूहबाट शीर्ष दुई टीम मात्र अन्तिम १६ मा पुग्नेछन् । समूहमा अब ३-३ खेल खेल्न बाँकी छ ।

Sharing

प्रतिक्रिया दिनुहोस