असार २१, काठमाडौं । रामेछापबाट काठमाडौंका लागि हिडेँको बस दुर्घटना हुँदा कम्तिमा ९ जनाको मृत्यु भएको छ ।हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा३ ख ८३९६ नम्बरको बस सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा दुर्घटना भएको हो ।

दुर्घटनामा २५ जना घाइते भएको रामेछापका डिएसपी राजकुमार थिङले जानकारी दिए ।घाइतेहरुलाई हेलिकोप्टरबाट उद्धार गर्ने प्रयास भइरहेको छ । केहिलाई धुलिखेल अस्पताल पठाइएको छ ।