• २०८३ बैशाख १९ गते शनिवार

काठमाडौँ उपत्यकामा थप ४६३ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २२, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४६३ जना कोरोना भाइरस पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ३१६ जना, ललितपुरमा १०४ र भक्तपुरमा ४३ जना संक्रमित थपिएका हुन् ।

योसँगै काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या २५ हजार ९ सय ९५ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १७ सय १४ जना कोरोना संक्रमित थपिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस