• २०८३ जेष्ठ २३ गते शनिवार

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २१, मोरङ । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी बुढिगंगा गाउँपालिका-६ गेरावनी बस्ने २२ वर्षीय अजय लिम्बुलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

बुढिगंगा गाउँपालिका-७ स्थित २६ वर्षीय रिजन दाहाललाई गत कात्तिक २८ गते राति धारिलो हतियार खुकुरी प्रहार गरी मृत्यु भएको घटनामा संलग्न रही फरार भएका अजयलाई खोजी गर्ने क्रममा प्रहरीले फेला पारी पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत मोरङमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस