• २०८३ बैशाख २६ गते शनिवार

नेता कोइराला पक्षका नेताहरूको बैठक आज पनि बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २१, काठमाडौं। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आज पनि आफू पक्षीय नेताहरूको बैठक आह्वान गर्नुभएको छ । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न र १४ औं महाधिवेशनको समीक्षा गर्न भन्दै कोइरालाले आज दिउँसो दुई बजे आफू पक्षीय नेताहरुको बैठक बोलाउनुभएको हो ।

कोइराला निकट नेता बलबहादुर केसीले दिउँसो २ बजे बैठक बस्ने पुष्टि गर्दै स्थान भने निश्चित नभएको जानकारी दिनुभयो । कोइराला निकट अर्का एक नेताले भने बैठक सिंहदरबार अगाडिको बसेरा होटलमा बस्ने तयारी गरिएको बताउनुभयो ।

कोइराला पक्षीय नेताहरुको बैठक मंगलबार पनि बसेको थियो । उक्त बैठकले पार्टी सभापति शेरबहादुर देउवा एकलौटी रुपमा अगाडि बढेको र आफूहरुलाई शक्तिका रुपमा स्वीकार नगरेको निष्कर्ष निकालेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस