• २०८३ असार १७ गते बुधवार

न्यानो कपडा र खाद्यान्न वितरण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस २१,भैरहवा ।बौद्ध समाज लुम्बिनीको सहकार्यमा चुजी फाउण्डेसनले आज रुपन्देहीको रोहिणी गाउँपालिकाका २३४ गरिब घरपरिवारलाई राहत वितरण गरेको छ ।

फाउण्डेसनले स्थानीय सरकारको सिफारिसमा प्रति व्यक्ति रु तीन हजार मूल्य बराबरको राहत वितरण गरेको रोहिणी गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ती हरिजनले जानकारी दिनुभयो ।

आर्थिक रुपमा विपन्न परिवारलाई टोलटोलमा पुगेर राहत वितरण गरेको बौद्ध समाज लुम्बिनीका प्रतिनिधि गोविन्द उपाध्यायले बताउनुभयो । उहाँले कमजोर आयस्तर भएकालाई जाडोबाट बच्नका लागि न्यानो कपडाका साथै खाद्यान्न वितरण गरिएको जानकारी दिनुभयो ।

स्थानीय क्षेत्रमा गरिब परिवारले पाएको दुःखका खबर सुनेकाले रोहिणीका गाउँमा आफूहरु राहत वितरण गरेको चुजी फाउण्डेसन नेपालका प्रतिनिधि मुकुन्द विष्टले बताउनुभयो । जिल्लामा विगत वर्षदेखि सामाजिक कार्यमा संलग्न बौद्ध समाज लुम्बिनीले बुद्ध दर्शनको विकास र विपन्न परिवारका लागि सहयोग पु¥याउँदै आएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस