पौष २१,काठमाडौँ। प्रतिनिधि सभा बैठक फेरी पनि स्थगित भएको छ ।

विशेष कारणवश बैठक स्थगित भएको संघीय संसदको महासचिव डा। भरतराज गौतमले एक सूचना जारी गर्दै अर्को बैठक पुस २८ गते बुधबार दिउँसो एक बजे बस्ने जानकारी दिएका छन् ।
सभामुख अग्नि प्रसाद सापकोटाले पुस २२ बिहीबारका लागि प्रतिनिधि सभा बैठक डाकेका थिए ।
