• २०८३ जेष्ठ २८ गते बिहिवार

आगामी सरकारको नेतृत्वका लागि माओवादीको दाबी रहन्छ : देव गुरुङ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १८, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले आगामी सरकारको नेतृत्वका लागि आफ्नो पार्टीको दाबी रहने बताएका छन्। केन्द्रीय कार्यालय, पेरिशडाँमा आयोजित पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै महासचिव गुरुङले सरकारको नेतृत्वमा माओवादीको दाबी स्वभाविक भएको बताएका हुन्।

गुरुङले भने, “विगतदेखि भन्दै आएकाले स्वभाविक ढंगले त्यो कुरा उठाउने विषय स्वतः भयो।” अहिलेको परिवर्तनको बाहक भएको नाताले पनि नेतृत्वको दाबी गर्न स्वभाविक हुने उनको भनाइ थियो। “संविधान निर्माण खेलेको भूमिका, अहिलेको परिवर्तनको मूल बाहकका रुपमा सरकारको नेतृत्व (प्रधानमन्त्री) को दाबी हुने नै भयो,” गुरुङले भने।

त्यस्तै, माओवादीले अहिले नै गठबन्धनको विकल्पका रुपमा नसोचेको उनले बताए। पदाधिकारी बैठकमा निर्वाचनको समीक्षा भए पनि गठबन्धन र सरकार गठनका विषयमा निर्णय नभएको उनको भनाइ थियो। “गठबन्धन तोड्न पर्छ, फेर्नुपर्छ भन्ने अवस्थामा पुगेको होइन,” गुरुङले भने।

Sharing

प्रतिक्रिया दिनुहोस