• २०८३ बैशाख २५ गते शुक्रवार

नक्कली ३ लाख रुपैयाँसहित एक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २०, बारा। नक्कली ३ लाख रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरीको गस्ती टोलीले बिहीबार अपरान्ह धनुषा छिरेश्वरनाथ नगरपालिका ५ दिगम्बरपुरका १९ वर्षीय वीरेन्द्र महतोलाई ३ लाख १ हजार नक्कली र १५२५ रुपैयाँ सक्कली नोटसहित पक्राउ गरेको हो ।

महतोबाट लु७८प २३९७ नम्बरको मोटरसाइकल समेत बरामद भएको छ । महतोलाई आवश्यक कार्वाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस