पुस २०, काठमाडौँ । नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको छैटौ अधिवेसनका लागि नेकपा एमाले १५ वडा कमिटीको तर्फबाट सर्बसम्मत रूपमा प्रतिनिधिहरू चयन हुनुभएको छ । चयन हुनेमा कमरेड धावा रुम्बा,कमरेड सीता लामा, कमरेड लक्ष्मण शाही र कमरेड निसार उद्दिन रहेका छन् ।
नेकपा एमाले १५ वडा कमिटीले समावेशी रूपमा अधिबेशन प्रतिनिधि चयन गरेको छ । मुस्लिम समुदायको प्रतिनिधित्व गर्नुका साथै राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्यबाट अवकाश प्राप्त गर्ने क्रममा रहेका पार्टीमा सक्रिय निसार उद्दिनलाई कमिटी बिहिन नहुने गरि आफ्नै भूगोलमा स्थान कायम गर्ने गरि प्रतिनिधि चयन गरिएको हो। युवा बर्गको प्रतिनिधित्व गरेका तथा नेकपा एमाले १५ वडा कमिटीका लागि थुप्रै योगदान दिनुका साथै विगतमा नेकपा एमाले काठमाडौं महानगर कमिटीका कानुन बिभागका प्रमुख समेत निर्वाह गरेका लक्ष्मण शाहीलाई प्रतिनिधि चयन गरिएको हो। जनजातीको प्रतिनिधित्व गर्ने गरि र नेकपा एमाले १५ वडा कमिटीलाई एकदमै चलाएमान राख्दै अगाडि बढेका धावा रुम्बालाई प्रतिनिधि चयन गरिएको हो।
तेस्तै गरि महिलाको प्रतिनिधित्व गर्ने विगत लामो समयदेखि नेकपा एमाले १५ वडा कमिटीमा आबद्ध रहि पार्टीका लागि थुप्रै योगदान दिनुहुने तथा अखिल नेपाल महिला संघ जिल्ला कमिटीमा समेत रहनु भएका सीता लामालाई उहाँको योगदानको कदर स्वरुप प्रतिनिधि चयन गरिएको हो।