भदौ १८, काठमाडौं । काठमाडौं प्रतिनीधिसभा क्षेत्र न ७ बाट स्वतन्त्र रुपमा चुनाव लड्ने घोषणा गरेका प्रशन्न अर्यालको नेतृत्वमा काठमाडौंका नेवारी समुदायले बाजा गाजा सहित थाहिटिदेखी बसन्तपुर परिसरसम्म पैदल यात्रा गराएको छ । उक्त यात्रा पुराना संस्कृती र पहिचानलाई जिवन्त राख्न गरिएको पैदल यात्रा थियो । स्वतन्त्र उम्मेदवार प्रशान्न अर्यालको आउदो चुनावी योजनाहरु मध्ये प्रमुख योजना अन्तरगत हेरिटेज नेपाल “संस्कृती र पहिचानको संरक्षण” पनि एक प्रमुख एजेण्डा हो ।
उक्त पैदल यात्रामा सयैंको संख्यामा बुद्धिजिवि ,संकृती संरक्षक र युवा युवतीहरुको स्वस्फुर्थ रुपमा सहभागीता जनाएका थिए भने उक्त कार्यक्रममा सहभागी सम्पुर्णलाई अर्यालले धन्यवाद दिएका थिए । पैदल र्यालीमा “आउदो मंसिर चार, भ्रष्टाचारी होसियार”, “एक सय वर्ष दुध दही खुवाए, धर्मको एउटा मात्र भोट मागे”, “पुराना नेतालाई विदा, नयाँ युवालाई अवसर” जस्ता नाराहरु पम्पेलेटमा लेखिएका थिए ।

काठमाडौं प्रतिनीधिसभा क्षेत्र न ७ मा एमालेबाट रघुजी पन्त, विद्यासुन्दर शाक्य, इन्दिरा पन्त, बिपी ढकाल र श्याम घिमिरे रहेका छन् । माओवादी केन्द्रबाट मुक्ति प्रधान र रामबाबु फुँयाल दाबेदारी रहेको छ । कांग्रेसबाट विनोद पन्त, दयाराम पाण्डे, दक्ष पौडेल, डा रामशरण थपलिया, नीलकाजी शाक्य, प्रमोदहरि गरागाई, सरोज थापा, सुशील भट्ट, प्रमिलासिंह डंगोलको नाम चर्चामा छ ।

यसै गरि एकीकृत समाजवादीबाट वसन्त मानन्धर, जसपाबाट राजेन्द्रप्रसाद श्रेष्ठ र स्वतन्त्रमा प्रशन्न अर्याल, यादवलाल कायस्थ, रवीन्द्रकुमार श्रेष्ठ र सुर्य सिलाकारको नाम चर्चामा आउन थालेको छ ।
