जेठ २०, मकवानपुर । प्रहरीले अवैध लागूऔषध गाँजा सहित एकजनालाइ पक्राउ गरेकाे छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका-१० राप्तीरोडबाट करिब ५० केजी ४ सय ग्राम अवैध लागूऔषध गाँजा सहित भारत सितामणि थानाबेला-१० नोचा बस्ने ३७ वर्षीय राजेश चौधरीलाई बिहीबार साँझ पक्राउ गरेको हाे ।
बस्तिपुरबाट हेटौंडा बजारतर्फ जाँदै गरेको ना.२ ह १५०८ नम्बरको आटोलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटोको पछाडि भागमा बोरामा लुकाई ल्याएको उक्त परिमाणको लागूऔषध फेला पारी अटो चालक चौधरीलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।