• २०८३ जेष्ठ ५ गते मङ्गलवार

माधव नेपालसहित १४ सांसद विरुद्धको मुद्दामा आज सुनुवाइ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २०, काठमाडौं । सर्वोच्च अदालतले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहित १४ जना सांसद विरुद्धको मुद्दामा आजदेखि सुनुवाइ गर्दैछ । एमालेबाट अलग हुनु अघि नै नेपालसहितका १४ जना सांसदहरुलाई दलबाट कारवाही गरेको तर सभामुख अग्निप्रसाद सापकोटाले कारवाहीको सूचना जारी नगरेको भनी एमाले अध्यक्ष केपी ओलीले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

एमालेले यही एजेण्डालाई अघि सारेर प्रतिनिधिसभाको बैठक पनि अवरुद्ध गरेको थियो ।

एमालेले नेकपा (एकीकृत समाजवादी) दल दर्ताको प्रक्रियामाथि नै प्रश्न उठाएर निर्वाचन आयोगविरुद्ध समेत मुद्दा हालेको छ । साथै उसले झलनाथ खनाल बाहेकका १४ सांसदलाई कारवाहीको पत्र पठाएकोमा त्यसबारे सभामुखबाट कुनै निर्णय नगरी निर्वाचन आयोगले जबर्जस्ती अर्को दल दर्ता गरेको आरोप पनि लगाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस