• २०८३ जेष्ठ २८ गते बिहिवार

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १९, पाल्पा। जिल्लाको रम्भा गाउँपालिका पन्टारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार रम्भाको दमाइटोलबाट पन्टातर्फ जाँदै गरेको लु ७९ प १०९८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रम्भा बस्ने पवन थापाको मृत्यु भएको हो ।

प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो । गम्भिर घाईते भएका थापाको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस