• २०८३ बैशाख २४ गते बिहिवार

सत्ता गठबन्धनको बैठक सम्पन्न : एमसीसी कार्यान्वयनका विषयमा छलफल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १९, काठमाडौं । सत्ता गठबन्धनको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सम्पन्न भएको छ । अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदनपछि बसेको पहिलो गठबन्धनको बैठक मूलत एमसीसी कार्यान्वयनको विषयमा छलफल भएको छ । चार दलको बैठकमा एमसीसी अनुमोदनका लागि सहमति जुटेकोमा प्रधानमन्त्रीले सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

विकसित राजनीतिक परिस्थितिमा सरकार , गठबन्धनको भूमिकाको वपषयमा छलफल केन्द्रीत भयो ।  सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताउनुभयो । खासगरी, एमसीसी परियोजना पाँच वर्षभित्र कार्यान्वयन हुन नसके सहयोग फिर्ता जाने बताउनुहुदै मन्त्री कार्कीले यसलाई समयमा नै सम्पन्न गर्ने विषयमा छलफल भएको पनि बताउनुभयो । सार्वभौम संसद अवरुद्घ छ ।

जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । हवाई उड्डयन जस्ता विधेयकहरु छन् । संसद सञ्चालन एवम् राष्ट्रिय समस्याका विषयमा छलफल केन्द्रीत भएको उहाँको भनाइ छ । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी लगायतका शीर्ष नेताहरुको उपस्थिती रहेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस