• २०८३ बैशाख ८ गते मङ्गलवार

घुससहित वडासचिव पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २०, बारा। प्रहरिले कोल्हवी नगरपालिका-११ का वडासचिव विनोदप्रसाद साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ गरेको छ । आयोगका अनुसार जग्गा नामसारी सिफारिस गर्दा सेवाग्राहीसँग तीन हजार ५०० रुपैयाँ घुस लिइसकेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।

आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले उक्त घुसबापत‍्को रकमसहित साहलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस