माघ १२, मोरङ । वर्षीया बालिकालाई जबरजस्ती करणी गरको अभियोगमा मोरङबाट एक पुरुष पक्राउ गरेको छ । जिल्लाको सुन्दरहरैँचा नगरपालिका–५ बाँसबारीका ५३ वर्षीय रामदेव चौधरीलाई बुधवार साझा करणी अभियोगमा पक्राउ गरेको हो ।
चौधरीले ती बालिकालाई ललाई फकाई घर नजिकैको बाँसघारीमा लगेर करणी गरेको प्रहरीको भनाई छ । चौधरीलाई इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।
बालिकालाई उपचार र स्वास्थ्य परीक्षणका लागि सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाइएको जिल्ला प्रहरी कार्याय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो ।