• २०८३ जेष्ठ २७ गते बुधवार

झापाको जुत्ता उद्योगमा आगलागी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २०, झापा । झापाको मेची नगरस्थित काँकडभिट्टामा भीषण आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार जुत्ता उद्योग एसएस फुटवेयरमा आगलागी भएको हो।

केही बेरअघिबाट सुरु भएको आगलागी मेचीनगर नगरपालिकाको दमकल बिग्रिएकाले नियन्त्रणमा लिन मुस्किल भएको छ । जुत्ता उद्योग एसएस फुटवेयरमा भइरहेको आगलागी नियन्त्रणका लागि भद्रपुर र बिर्तामोडबाट दमकल पठाइएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस