• २०८३ बैशाख ४ गते शुक्रवार

पूर्व राजाले दसैँमा सर्वसाधारणलाई टिका नलगाइदिने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १६, काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले यसपटकको दसैँमा सर्वसाधारणलाई टिका नलगाइदिने भएका छन् । डेंगु रोगको महामारी फैलिरहेका बेला शाहले सो निर्णय लिएको उनका संवाद सचिव फणी पाठकले जानकारी दिएका हुन् ।

नेपाली जनजीवन स्वास्थ्यका कारण आक्रान्त भइरहेको विषम परिस्थितिलाई ध्यानमा राखेर शाहले यसपालि शक्तिपिठको दर्शन नगर्ने तर निवासबाट भक्तिभाव राख्ने पनि जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस