वैशाख १९, काठमाडौं । नेकपा एमाले तारकेश्वर नगर प्रचार विभागले प्रचार डेस्क स्थापना गरेको छ । बैशाख ३० मा सम्पन्न हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर प्रचार डेस्क स्थापना गरिएको तारकेश्वर नगर प्रचार तथा प्रकाशन विभाग प्रमुख बलराम सिटौलाले जानकारी दिनुभयो ।

नेकपा एमालेका नगर सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख सिटौलाले तारकेश्वर नगरपालिकाका ११ वटै वटामा एमाले तर्फका उम्मेदवार विजयी गराउँन र वडा–वडाका गतिविधिलाई सभ्य, व्यवस्थित र प्रभावकारी ढंगले संप्रेषण गर्न मिडिया डेस्क प्रभावकारी हुने बताउनुभयो । त्यस्तै, नगर प्रचार विभाग सचिव सन्तोष अर्यालका अनुसार नेकपा एमालेको प्रचार शैली सभ्य, व्यवस्थित र आक्रामक हुने जानकारी दिनुभयो ।