• २०८३ बैशाख २६ गते शनिवार

गत वर्षमात्र नाइजेरियामा बन्दुकधारीद्धारा एक हजार १९२ को हत्या

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १९, नाइजेरि । नाइजेरियामा गत वर्षमात्र बन्दुकधारीहरुले एक हजारभन्दा बढी नागरिकको हत्या गरेका छन् ।प्राप्त समाचारअनुसार यहाँका बोको हराम आतंककारीहरुले सन् २०२१ मा मात्र १ हजार १९२ जनाको हत्या गरेका हुन् ।

साथै उनीहरुले गत वर्षमात्र ३ हजार ३४८ जनालाई अपहरण गरेका थिए । यीमध्ये नाइजेरियाको उत्तर पश्चिमी क्षेत्र कादुनाका बढी नागरिक शिकार भएका हुन् ।कादुना प्रान्तको प्रान्तीय सरकारले मंगलबार सो सम्बन्धी रिपोर्ट प्रकाशन गरेको हो । साथै गतवर्ष मात्र यहाँका ८९१ जना घाइते भएका छन् । उनीहरुलाई पनि आतंककारीले गोली हानी घाइते बनाएका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस