मंसिर १५, काठमाडौं । मोरक्को कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ मा प्रवेश गरेको छ । अल थुमामा स्टेडियममा बिहीबार राति क्यानडालाई २-१ गोल अन्तरले हराउँदै मोरक्को नकआउट चरणमा पुगेको हो।
मोरक्कोलाई जित दिलाउन हाकिम जिएच र युसुफ एन नेसरीले एक एक गोल गरे । क्यानडाले एक गोल आत्मघाती उपहार पाएको थियो । खेलको चौंथो मिनेटमा जिएचले गोल गर्दै मोरक्कोलाई सुरुआती अग्रता दिलाएका थिए । २३ औं मिनेटमा युसुफले गोल गर्दा मोरक्को २-० ले अघि रह्यो । खेलको ४० औं मिनेटमा मोरक्कोकै नायेफ अगुएर्डले आत्मघाती गोल गरेपनि क्यानडा २-१ ले पराजित भयो।
यस जितसँगै मोरक्को समूह ‘एफ’ को विजेता बन्दै नकआउट चरणमा पुगेको छ । मोरक्कोले ३ खेलमा ७ अंक जोड्यो ।क्यानडा भने अंक विहीन बन्दै घर फर्किएको छ । क्यानडाले तीनै खेलमा हार व्यहोर्यो ।