• २०८३ बैशाख ५ गते शनिवार

समानुपातिकमा एमालेको अग्रता यथावत् : एकीकृत समाजवादीले अझै कटाउन सकेन ‘थ्रेस होल्ड’

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

मंसिर १५, काठमाडौं । प्रतिनिधिसभाको समानुपातिक निर्वाचनतर्फ एक करोड तीन लाख ४६ हजार आठ सय १७ मत गणना हुँदा नेकपा (एमाले) अघि देखिएको छ । निर्वाचन आयोगले अपराह्न ४:०० बजे सार्वजनिक गरेको मत मरिणामअनुसार २७ लाख ६१ हजार छ सय ४८ मत प्राप्त गरी एमाले सबैभन्दा अघि देखिएको हो ।

प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फको निर्वाचनमा सबैभन्दा धेरै स्थानमा विजयी नेपाली कांग्रेस २६ लाख ३० हजार एक सय ४१ मत प्राप्त गरी समानुपातिकातर्फ दोस्रो स्थानमा रहेको छ । यसैगरी ११ लाख ६० सात सय ८३ मत प्राप्त गरी नेकपा (माओवादी केन्द्र) तेस्रो र ११ लाख १४ हजार दुई सय ५८ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा रहन सफल भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँच लाख ८४ हजार नौ सय ६९, जनता समाजवादी पार्टी (जसपा) चार लाख २० हजार सात सय ५० र जनमत पार्टी तीन लाख ९४ हजार एक सय २९ मत प्राप्त गरी थ्रेस होल्ड कटाउन सफल भएका छन् । थ्रेस होल्ड कटाउन समानुपातिक निर्वाचनमा खसेको कूल सदर मतको तीन प्रतिशत ल्याउनु पर्नेछ ।

प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनतर्फ १० स्थानमा विजयी नेकपा (एकीकृत समाजवादी) ले दुई लाख ९३ हजार नौ सय पाँच मत प्राप्त गरेको छ । नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार पाँच सय ६५, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले एक लाख ६७ हजार एक सय २० र नेपाल मजदुर किसान पार्टीले ७५ हजार छब्बीस मत प्राप्त गरको छ । समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ ।

केन्द्रकाे समानुपातिक मतस्थिति
(२०७९ मंसीर १५, बेलुका ५:४५ सम्म)
जम्मा गणना मत: १,०३,५९,५५०
– नेकपा (एमाले) : २७,६६,९७६
– नेपाली काँग्रेस : २६,३५,८५२
– नेकपा (माओवादी केन्द्र) : ११,६०,८९८
– राष्ट्रिय स्वतन्त्र पार्टी : ११,१४,६३९
– राष्ट्रिय प्रजातन्त्र पार्टी : ५,८५,२५७
– जनता समाजवादी पार्टी : ४,२०,९२४
– जनमत पार्टी : ३,९४,२७६
– नेकपा (एकीकृत समाजवादी) : २,९३,९५७
– नागरिक उन्मुक्ति पार्टी : २,७१,६४६
– लोकतान्त्रिक समाजवादी पार्टी : १,६७,२७७
– नेपाल मजदुर किसान पार्टी : ७५,०४०
– हाम्रो नेपाली पार्टी : ५५,५७३
– मंगोल नेशनल अर्गनाइजेशन : ४८,१७१
– राष्ट्रिय जनमोर्चा : ४६,३१३
– नेपाल संघीय समाजवादी पार्टी : ४१,८०५
– नेकपा (माले) : ३०,४०७
– राष्ट्रिय जनमुक्ति पार्टी : २३,४५९
– जनता प्रगतिशील पार्टी : १८,०४५
– नेपाल आमा पार्टी : १७,८१९
– संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च : १७,७९५
– बहुजन एकता पार्टी नेपाल : १७,०६३
– नेपाली काँग्रेस (बिपी) : १२,४६४
– राप्रपा नेपाल : १२,२६१
– नेपाली जनता दल : ९,९६१
– बहुजन शक्ति पार्टी : ९,४३४
– नेपालका लागि नेपाली पार्टी : ८,३८६
– नेपाल कम्युनिष्ट पार्टी : ७,९९५
– नेपाल लोकतान्त्रिक पार्टी : ७,६९२
– नेपाल जनता पार्टी : ७,५०४
– नेकपा मार्क्सवादी (पुष्पलाल) : ७,३५८
– मितेरी पार्टी नेपाल : ७,०४२
– जनजागरण पार्टी नेपाल : ६,५२७
– आमूल परिवर्तन मसिहा पार्टी नेपाल : ६,३८०
– तराई मधेश लोकतान्त्रिक पार्टी : ५,९६६
– जनसमाजवादी पार्टी, नेपाल : ५,८५५
– सामाजिक एकता पार्टी : ५,७७६
– पिछडावर्ग निषाद दलित जनजाति पार्टी : ५,०९८
– विवेकशील साझा पार्टी : ४,०२७
– एकीकृत शक्ति नेपाल : ३,७११
– नेकपा माओवादी समाजवादी : ३,६९४
– संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) : ३,४००
– राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल : ३,३२७
– मौलिक जरोकिलो पार्टी : ३,२०६
– नेपाल समावेशी पार्टी : २,९४८
– नेपाल कम्युनिष्ट पार्टी परिवर्तन : २,१९०
– राष्ट्रिय नागरिक पार्टी : २,१४१
– नेश्नलिष्ट पिपल्स पार्टी : २,०१५

Sharing

प्रतिक्रिया दिनुहोस