• २०८३ जेष्ठ १८ गते सोमवार

सुनको भाउ ३०० रुपैयाँ घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १७, काठमाडौं । सुनको भाउ शुक्रबार ३०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर ९७ हजार २०० रुपैयाँ कायम भएको छ ।

यसअघि, बिहीबार छापावाल सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी शुक्रबार तेजावी सुनको मूल्य तोलाको ९६ हजार ७०० रुपैयाँ निर्धारण भएको छ ।

यता, शुक्ररबार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर एक हजार २१० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला एक हजार २३५ रुपैयाँ कायम रहेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस