• २०८३ असार ७ गते आइतवार

राप्रपाले बोलायो केन्द्रीय समिति बैठक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १७, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ ।

साउन ५ र ६ गते काठमाडौँमा केन्द्रीय समिति बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । यसअघि असार पहिलो साता केन्द्रीय समिति बैठक बोलाइए पनि तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो ।

राप्रपाले समसामयिक राजनीति, चुनावी समीक्षा, अब हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन तयारी र रणनीतिलगायत विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस