• २०८३ असार ७ गते आइतवार

भारतमा थप ३,३२४ जनामा कोरोना पुष्टि, ४० को मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १८, एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा थप ३,३२४ जनामा कोरोना पुष्टि भएको छ भने ४० जनाको मृत्यु भएको छ ।

यो अवधिमा २,७८३ को जना निको भएका छन् । चौथो लहरको आशंका बीच सबैभन्दा धेरै संक्रमित दिल्लीमा भेटिएका छन् । यहाँ १५२० नयाँ संक्रमित भेटिएका छन् ।

नयाँ संक्रमित भेटिएपछि दिल्लीमा पोजिटिभिटी रेट ५.१० प्रतिशत दर्ता गरिएको छ । दिल्लीमा सक्रिय संक्रमितको संख्या बढेर ५,७१६ पुगेको छ जुन ९ फेब्रुअरीपछि सबैभन्दा धेरै हो ।

Sharing

प्रतिक्रिया दिनुहोस