चैत १८, काठमाडौँ। मुड्खु–ककनी सडकखण्ड पिचको माग गर्दै स्थानियले तिनपिप्लेमा भेला भई सडक अवरुद्ध गरेका छन् ।स्थानियको अवरोधका कारण नुवाकोट तर्फ जाने फोहोरका टिपरहरूलाई तिनपिप्लेबाटै फिर्ता पठाइएको प्रहरीले जनाएको छ

यस्तै, बल्खु पुलबाट सुन्दरीघाटजाने सडकमा ग्याभ्रलिङको काम भइरहेका कारण उक्त स्थानमा संचालन हुने सवारी साधन प्रभावित भएका छन् ।ललितपुरको हरिसिद्धिबाट गोदावरी जाने आउने सवारी साधनलाई आज पनि क्यान्सर अस्पताल–सानागाउँ–ईमाडोल—ग्वार्को हुँदै संचालन गरिएको छ ।
उक्त स्थानमा सडक मर्मतका कारण सवारी साधनलाई डाइभर्सन गरिएको हो ।