• २०८३ जेष्ठ २८ गते बिहिवार

एमसीसी प्रस्तावमाथि एमालेको आधिकारिक धारणा (विज्ञप्ती सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

फागुन १७, काठमाडौं । नेकपा एमालेले देशमा पछिल्लो समय भइरहेको राजनीतिक घटनाक्रम र अमेरिकी सहयोग परियोजना एमसीसी प्रस्ताव संसदबाट पास हुनलाई ‘ठगी धन्धाको पर्दाफास’ बताएको छ । एमालेद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीको लिखित भाषणलाई उपमहासचिव प्रदिप ज्ञवालीले पढेर सुनाउनु भएको हो ।

विज्ञप्तीमा, ‘सरकारभित्रै रहेका दलले एमसीसी ठिक होइन, ठिक छैन भन्ने, एकै छिनमा सरकारमा रहिरहने तर एमसीसीको विपक्षमा मत दिने भन्ने, सरकारमै रहेर ‘राष्ट्रघाति’ प्रस्ताव भन्ने जस्ता क्रियाकलाप केही दिन हामीले देख्यौं । अन्तिममा तिनै दलले प्रस्ताव पास गरे । यो घटनाले गठबन्धन सरकारको ठगी धन्धा पर्दाफास भएको छ’ भनिएको छ ।

विज्ञप्तीमा कुनै पनि देशको सर्तसहितको सहयोग, अनुदान राम्रो नहुने बताउदैं देशको संसदबाटै प्रस्ताव पास भइसकेकोले अब देशको हित हुने गरी परियोजना कार्यान्वयनको पाटोमा जानु पर्ने बताइएको छ ।

कार्यक्रममा उपमहासचिव ज्ञवालीले पछिल्लो घटनाक्रमले सभामुखले उक्त पदको गरिमा अनुसार काम नगरेकाले योग्य नभएको थप पुष्टि भएको बताए । यसपटक पनि उनले एमसीसीलाई नेकपा एमालेविरुद्धको हतियारको रुपमा प्रयोग गरेको आरोप लगाए । उनले भने, ‘एमसीसीलाई सुरुदेखि नै एमालेलाई कमजोर पार्ने र सरकार टिकाउने हतियारको रुपमा लिइयो । अहिले वास्तविक चेहेरा उदाङ्यो भयो ।’ उनले आफूहरूले एसीसी प्रस्तावमा भएका अस्पष्ट विषय छलफलका संसदमा दर्ता गरेको दावी पनि गरे ।

‘व्याख्यात्मक टिप्पणी’सहित एमसीसी प्रस्ताव पास हुनु भनेको साकाहारीले खोलाको माछा खानु नहुने तर किनेको हुन्छ भनेजस्तो मात्रै भएको पनि बताए । ‘यो संसस्दीय अभ्यासको विद्रुप रुप मात्रै भएको उनको ठहर छ ।

विज्ञप्ती

May be an image of text

May be an image of text

May be an image of text

May be an image of text

Sharing

प्रतिक्रिया दिनुहोस