माघ १८, झापा । मेचीनगर नगरपालिका-६ स्थित मेची पुलबाट करिब ६ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित सोही नगरपालिका-११ बस्ने २३ वर्षीय सेवन उराउलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उराउलाई जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । उनी उपर ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।