माघ १८, काठमाडौं। आज छापावाला सुन १ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ९ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९१ हजार ४ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रह्दै प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।