• २०८३ जेष्ठ २८ गते बिहिवार

थप एक जना कोरोना संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १८, कैलाली। सेती प्रादेशिक अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–५ बस्ने ५५ वर्षीय पुरुषको मृत्यु भएको हो ।


सोमबार अस्पताल भर्ना भएका उनको दिउँसो मृत्यु भएको हो । उनलाई दमको समस्या थियो भने सोमबार मात्र अस्पताल भर्ना गरिएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस