• २०८३ बैशाख ५ गते शनिवार

यौन कार्यमा सङ्लग्न गराएको आरोपमा एक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १६, काठमाडौं । महिलालाई वेटरको काम लगाइदिन्छु भन्दै यौन कार्यमा सङ्लग्न गराएको आरोपमा एक व्यक्तिलाई प्रहरीको मानव वेचविखन अनुसन्धान व्यूरोले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुर घर भइ काठमाडौँ–३२ जडिबुटी बस्ने उमेश थापा रहेको व्यूरोले आज एक सूचना जारी गरी जनाएको छ । उनले यहाँस्थित थापा रेष्टुरेन्ट बारमा वेटरमा राख्ने बहानामा यौनकार्यमा लगाएको भनी परेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस