• २०८३ बैशाख ८ गते मङ्गलवार

जन्मदर्ता गर्दा घुस

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 कात्तिक १४, महोत्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी मटिहानी नगरपालिका महोत्तरी– ५ का वडाध्यक्ष रामबहादुर महतो र सहायक कम्प्युटर अपरेटर अबैुल राइनविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उनीहरूले सेवाग्राहीबाट रु १० हजार बराबरको घुस लिँदै गरेको अवस्थामा आयोगले केही दिन पहिले पक्राउ गरेको थियो ।

जन्मदर्ता जस्तो नियमित कामका लागि आफ्नो पद तथा ओहोदा र अधिकारको दुरुपयोग गरी सेवाग्राहीसँग उनीहरूले घुस मागेको आयोगको आरोप छ । आयोगले आरोपीलाई बिगोबमोजिमको कारवाहीको माग गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस