कात्तिक १४, चितवन । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार प्रस्तावित माडीको अयोध्याधाम अवलोकन गर्ने भएका छन् ।अयोध्याधाममा वागमती प्रदेश सरकारको करिब ३० लाख लगानीमा मन्दिर, सत्तल, सुरक्षा गार्ड बस्ने भवन र शौचालय बनेको छ ।

ओली नेतृत्वको सरकारले अयोध्यापुरीको अध्ययन, अन्वेषण र संरक्षण गर्न १ करोड बजेट विनियोजन गरेको थियो । पुरातत्व विभागमार्फत देशभरका पुरात्विक स्थलको संरक्षण गर्न ४८ करोड बजेट विनियोजन भएको थियो ।
यहाँ रामायणसँग जोडिएका अयोध्यापुरी, वाल्मीकि आश्रम, सोमेश्वरगढी, पाण्डवनगर, पर्शुराम कुण्डलगायतका धार्मिक क्षेत्रहरू छन् । अयोध्याधाम अवलोकनपछि ओलीले सम्बोधन गर्नेछन ।
त्यसपछि उनले एमाले भरतपुर महानगर कमिटीको अधिवेशन उद्घाटन गर्नेछन् । ओलीको चितवन भ्रमणबारे एमाले भरतपुर महानगर कमिटीले आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्दैछ ।