• २०८३ जेष्ठ २ गते शनिवार

ठाटीकाँधमा गुणस्तरीय शिक्षा अभिवृद्धि तथा स्वास्थ्य र जिविकोपार्जन सहयोग सहकार्य परियोजना संचालन हुने

जितेन्द्र थापा पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १४, दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिकामा गुणस्तरीय शिक्षा अभिवृद्धि तथा स्वास्थ्य र जिविकोपार्जन सहयोग सहकार्य परियोजना संचालन हुने भएको छ । करिब दुइ करोड ६५ लाखमा संचालन हुन लागेको परियोजनामा एइआइएन लक्जेम्बर्गको आर्थिक सहयोग रहेको छ ।

कार्यक्रम ठाटीकाँध गाउँपालिकाको साझेदारी र सामाजिक सेवा केन्द्र (सोसेक)नेपालद्धारा संचालन हुन लागेको हो । गाउँपालिकाभर संचालन हुने उक्त कार्यक्रम करिब २६ महिनामासम्म चल्ने बताइएको छ । कार्यक्रमले गाउपालिकाभर शिक्षा,स्वास्थ्य र आयआर्जनमा विशेष भुमिका खेल्ने सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका अध्यक्ष हिरासिंह थापाले बताए । उनका अनुसार ठाटीकाँध गाउँपालिकामा गुणस्तरीय शिक्षाको पहुँचबाट टाढा रहेका विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध हुनेछ भने स्वास्थ्य र आयआर्जनका क्षेत्रमा पनि महत्वपुर्ण भुमिका खेल्ने छ ।

गाउँपालिकामा आर्थिक अवस्था कमजोर भएका र पढ्नको लागि पाठ्य सामग्रिबाट टाढा रहेका विद्यार्थीलाई यो कार्यक्रमले विशेष सहयोग पुग्ने छ । आर्थिक रुपमा कमजोर पढ्नलाई कापि कलम, पोशाक, झोला नभएकालाई यो कार्यक्रमले ठुलो सहयोग गर्ने अपेक्षा छ,’ अध्यक्ष थापाले भने, ‘ यस लगायत गाउँपालिकामा रहेको बालविवाह, छाउपडी अन्त्यमा विशेष भुमिका खेल्ने छ ।

Sharing

प्रतिक्रिया दिनुहोस