भदौ १५, मुगु । हिमाली जिल्ला मुगुका किसानलाई मौरी वितरण गरिएको छ । जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउपालिका वडा नं १ , २ , ४ का ३ वटा किसानलाई मौरी वितरण गरिएको हो ।

टि.डि एज .बि .एम जेठ जर्मनको आर्थिक सहयोग हुरेन्डेक नेपाल कालिकोटको कार्यान्वयन, मालिका सामुदायिक विकास केन्द्र मुगुको सहजीकरणमा संचालित हिमाली ग्रामिण क्षेत्रमादिगो जिविकोपार्जन तथा जैविक विविधता संरक्षण परियोजना अन्तर्गत सोरुका ३ जना किसानलाई मौरी वितरण गरिएको मालिका सामुदायिक विकास केन्द्र मुगुका जिल्ला संयोजक सुर्य रोकायाले बताए । उनका अनुसार हेटौडा बाट ल्याईएको अपिसेरोना नामको मौरी ल्याई उक्त संरक्षणमा आवश्यक पर्ने मौरीका घार राख्ने बाकस, पञ्जा, हेल्मेट, चक्कु सामाग्री पनि वितरण गरिएको बताए ।

पछिल्लो समय उक्त किसानहरुले मौरी पालनलाई ब्यावसायिक खेतितर्फ लिने गरेका छन् । उनीहरुले यो ब्यवसाय गरे पछि मनग्य आम्दानि गर्नुका साथै मह लाई बेचेर पनि १५ हजार देखि माथिसम्म आम्दानि हुने गरेको किसानले बताएका छन् । यहा उत्पादन भएको मह मुलुकका प्रमुख शहरहरुमा पनि बजार उत्तिकै पाउन थालेको छ । यसले गर्दा समग्र कर्णालीको पहिचानको रुपमा रहेको छ भने कतिपय कर्णालीका किसानले मौरी ब्यवसायलाई प्रमुख आम्दानिको श्रोत पन मान्ने गरेका छन् । तर एकातिर यसको संरक्षण गर्ने अवस्थानहुनु र ब्यवस्थापनमा केही समस्या देखिनाले मौरी पालनब्यवसायपनिन्युन रहेको जानकारहरु बताउछन् ।