• २०८३ बैशाख ३ गते बिहिवार

लुम्बिनीमा कांग्रेसका पाण्डेय राष्ट्रिय सभा सदस्य निर्वाचित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १७, दाङ । लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले हराएका हुन्।

कांग्रेस उम्मेदवार पाण्डेयलाई नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जसपाको बाबुराम-उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन थियो। पाण्डेयले ४१४० मत ल्याए भने खड्काले ३५९४ मत पाए।

आजको मतदानमा २९७ जनाले मतदान गरेका थिए। त्यसमध्ये स्थानीय तहतर्फ २१२ र प्रदेश सभाका ८३ मत खसेको थियो । दुबै तह तर्फ १ ज्ञ मत बदर भएको थियो। २११ मतमध्ये पाण्डेयले ११८ मत पाए भने एमालेका उम्मेदवार खड्काले ९३ मत ल्याएभने ८३ मतमध्थे पाण्डेले ४२ मत पाएका थिए भने खड्काले ४० मत ल्याएका थिए।

Sharing

प्रतिक्रिया दिनुहोस