• २०८३ बैशाख ५ गते शनिवार

सेयर बजारमा ४५ अंकले घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १७, काठमाडौँ। आज नेप्से सूचक ४५.२५ अंकले घटेर २७८२.६८ विन्दुमा आइपुगेको छ । २१८ कम्पनीको ३ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । आज १३ अर्ब ९० करोड ९१ लख बराबरको सेयर कारोबार भएको हो ।

खरिदबिक्री रकममा राधी हाइड्रोपावर अगाडी रहेको छ । यसको ९० करोड ७० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । दोस्रोमा लुम्बिनी विकास बैंक र तेस्रोमा एचआइडीसीएल परेका छन ।

त्यस्तै आज ३ कम्पनीको भाउ ९ प्रतिशत भन्दा बढीदेखि सर्किट लाग्ने तहसम्म वृद्धि भएको छ । म्युचुअल फन्डबाहेक बाँकी सबै समूहको सूचक घटेको छ । सबैभन्दा धेरै हाइड्रोपावर समूहमा गिरावट आएको छ । आज म्यूचुअल फण्ड बाहेक सबै समुहमा गिरावट आएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस