जेष्ठ १७, काठमाडौं । लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभामा रिक्त एक पदका लागि भएको मतदान सकिएको छ । बिहान ९ बजेदेखि शुरु भएको हो ।

३ बजे सम्म मतदानको समय तोकिएको मुख्य निर्वाचन अधिकृत रितेश थापाले जानकारी दिए।उपनिर्वाचनमा प्रदेशसभाका ८३ र गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख–उपप्रमुख २१७ जना गरी ३०० मतदाता थिए । कोभिड संक्रमित मतदाताका लागि छुट्टै बुथको व्यवस्था गरिएको थियो । ३०० जना मतदातामध्ये २९७ जनाले मतदान गरिसकेका छन् । स्थानीय तहका ३ जनाको मतदान हुन बाँकी छ ।