जेष्ठ १७, दाङ । दाङमा सर्पले डसेर एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । तुलसीपुर उपमहानगरपालिका–८ अश्वाराका २५ वर्षका टीकाराम डाँगीलाई घरमै सुतेको अवस्थामा सर्पले डसेको थियो ।

डाँगीको उपचारका क्रममा गएराति राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।